२८ कार्तिक २०८३, शनिबार

माओवादी संसदीय दलको बैठक सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ । बैठकमा समसामहिक विषयमा छलफल भइरहेको बताइएको छ ।

आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ ।

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको छ । एमालेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद बैठक अवरुद्ध गर्ने अडान कायमै राखेको छ ।