६ कार्तिक २०८३, शुक्रबार

वीरेन्द्रनगर नगरपालिका-३ का भाइरल वडाअध्यक्ष विष्ट जेल चलान

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर-३ का  वडाअध्यक्ष विनोदसिंह विष्ट जेल चलान भएका छन् ।

चोरी आरोपमा जिल्ला अदालत सुर्खेतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । वडाध्यक्ष विष्टसहितले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेको आरोप छ ।

अदालतले विष्टसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। दुईजनालाई भने अदालतले जनही दुई/दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको छ ।

वडाध्यक्ष विष्ट गत वैशाखमा एकजना उपसचिवमाथि मुक्का प्रहार गरेर चर्चामा आएका थिए । उनले मुक्का प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।