६ कार्तिक २०८३, शुक्रबार

आजबाट पुलिस रिपोर्ट अनलाइनबाटै पाइने (भिडिओसहित)

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरूले अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ ।

आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग आउनुपर्ने बाध्यता रहेको थियो । अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएपछि सर्वसाधारणको समय र पैसाको बचत भएको परराष्ट्रमन्त्री साउदले बताए । सरकार गठन भइसकेपछि परराष्ट्र सेवालाई सहज र सुलभ वनाउन प्रयास गरेको उनले बताए ।

त्यस्तै मन्त्री साउदले राष्ट्रिय एकतालाई मजबुद गर्ने गरी परस्पर लाभका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न खोजिएको धारणा राखे । उनले विदेशी नीतिमा सबै पार्टीको सहमति हुनका लागि प्रयन्त जारी रहेको भन्दै राष्ट्रिय सहमतिका लागि सबै दलको विचार ग्रहण गर्न तयार रहेको बताए ।

वर्तमान सरकार गठन भएपनि प्रधानमन्त्रीको भारत भ्रमण फलदायी र महत्वपूर्ण उपलव्धी हासिल भएको भन्दै मन्त्री साउदले सेप्टेम्वरको अन्तिम सातामा प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको जानकारी दिए । विभागका अनुसार अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विभागले तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको थियो ।

सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विभागले जानकारी दिएको छ ।