
काठमाडौं, २१ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पीएचडीका लागि फेलोसिप पाएका छन् ।
उनलाई काठमाडौं विश्वविद्यालय (केयू)ले फेलोसिप दिएको हो । मेयर शाहले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवाः सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्ने जनाएका छन् ।
फेलोसिपका लागि छनोट भएको जानकारी गराउँदै केयूले लेखेको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै शाहले धन्यवाद समेत दिएका छन्।
मेयर शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए ।











प्रतिक्रिया