
काठमाडौं, २० साउन । प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य कृष्ण अञ्जानको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार बुटवलमा निधन भएको हो ।
प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले पूर्वकेन्द्रीय सदस्य अञ्जानको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य कृष्ण अञ्जानको हृदयघातका कारण बुटवलमा निधन भएको खबरले अत्यन्तै मर्माहत छु । प्रिय मित्र कृष्णमा भावपूर्ण श्रद्धाञ्जली ! परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उपाध्यक्ष पाण्डेले फेसबुकमा लेख्दै भनेका छन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ का अञ्जान सेतोमसी डटकमका कार्यकारी सम्पादक हुन् । बुटवल तथा पोखरामा रहेर पत्रकारिता गर्दै आएका उनी २०७८ सालमा आमाको निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए ।











प्रतिक्रिया