
गुल्मी, १९ साउन । गुल्मीको मालिका गाउँपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका-३ ह्वाङदी बस्ने ७० वर्षीय नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।
बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर घर फर्किएका थिए । उनी घरमा नआएपछि आफन्तले खोजी गर्ने क्रममा वडानम्बर ३ दर्लिङबाट पासे जाने पासेखोलास्थित कच्चि मोटर बाटोबाट करिब तीन सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धानका लागि प्रहरी चौकी अर्खवाङवाट खटिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया