
काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ । बैठक शुक्रबार बिहान ११ बजेबाट सुरु हुनेछ ।
प्रज्ञा भवन कमलादीमा बुधबारदेखि सुरू भएको बैठकको पहिलो दिन बुधबार १८ जना र हिजो बिहीबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरासहित ५६ जनाले आफ्नो धारणा राखेका छन् ।
बिहीबारको बैठकमा झंकार साउद, लेखनाथ न्यौपाने, मणिकुमार साम्पाङ, ओमप्रकाश पुन, गोविन्द लोहार, नारायणकाजी श्रेष्ठ, केशवनाथ योगी, दीलिपकुमार प्रजापति, हितबहादुर तामाङ, माधव सापकोटा, हरिराज अधिकारी, शिवराम यादव, दीपेन्द्र पुन, हरिनारायण चौधरी, दीलिप साह, झकबहादुर मल्ल, विष्णुप्रसाद भट्ट, भीमकुमारी बुढामगर, रामदीप आचार्य, सुरेश आलेमगर, भगतबहादुर बडुवाल, कीर्तिबहादुर पुन, कृष्णबहादुर महरा, नगेन्द्र राई, प्रकाशहरि पोखरेल, डिपी ढकाल, कालीबहादुर मल्ल, नीलकण्ठ तिवारी, विशाल खड्का, आइपी खरेल, नरेन्द्र न्यौपाने, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, गगन पुरी, बिमला सुवेदी, सन्तोष विष्ट, टेकबहादुर बस्नेत, नरबहादुर विष्ट, दुर्गाकुमारी बिक, प्रह्लाद बुढाथोकी, लक्ष्मी पुन, शिवकुमार डाँगी, वीरबहादुर रावल, जगत सिम्खडा, विजय भण्डारी, दलजीत श्रीपाली, रणेन्द्र बराइली, विष्णु बिक, परशुराम रम्तेल, धनप्रसाद सापकोटा, टेकबहादुर बलम्पाकी, अनिलकिशोर घिमिरे, लोचन केसी, राजबहादुर बुढा, बिमल अधिकारी र गोम्बु शेर्पाले आफ्नो धारणा राखेको माओवादी केन्द्रले जनाएको छ । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन् ।











प्रतिक्रिया