
काठमाडौं, १८ साउन । श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।
स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताए । अहिले नेपाली टीमले ब्याटिङमा ध्यान दिनुपर्ने देखिएको उनले बताए ।
पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने उनले बताए । श्रीलंकामा नेपाली टीमले घरेलु टोलीसँग केही अभ्यास खेल पनि खेलेको थियो ।















प्रतिक्रिया