१ कार्तिक २०८३, शनिबार

पूर्वकप्तान पारस भन्छन्ः मेरो लक्ष्य नेपाल क्रिकेटलाई अझै थप उचाइमा पुर्‍याउने केन्द्रित छ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफ्नो लक्ष्य नेपाली क्रिकेटलाई अझै थप उचाइमा पुर्‍याउने केन्द्रित रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको दुई वर्ष पुगेको अवसरमा बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्वकप्तान खड्काले यस्तो बताएका हुन् ।

‘खेलाडीको रुपमा क्रिकेटबाट मैले सन्यास लिएको दुई वर्ष बित्दै गर्दा अहिले मेरो लक्ष्य नेपाल क्रिकेटलाई अझै थप उचाइमा पुर्‍याउनेमा केन्द्रित छ । सोहि अनुरुप, पदाधिकारी, खेलाडी र सम्पूर्ण सरोकारवालाहरुको जोश, जागर र उर्जालाइ एकीकृत रुपमा संगठित बनाउने र क्रिकेटको स्तरोन्नतिमा टेवा पुर्‍याउने ध्येय बनाएको छु । तसर्थ : हजुरहरु सबैको सहयोग, हुटहुटि र समर्थनको अपेक्षा राख्दछु । नमस्ते !’ उनले फेसबुकमा लेखेका छन् ।

१९ साउन २०७८ मा फेसबुकमा लेख्दै पूर्वकप्तान खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।