२ कार्तिक २०८३, सोमबार

नेपालको यस्तो ठाउँ जहाँ खाल्डो खनेर अन्न भण्डारण गरिन्छ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, १४ साउन । हुम्ला सर्केगाड–३, उनापानीका टेकबहादुर फडेराले खाएर बचेको अनाज बर्सेनि जमिनमुनि भण्डारण गर्छन्।

पाँच वर्षयताको चिनो, फापर, कोदो, गहुँजस्ता करिब ८–१० क्विन्टल अनाज उनले जमिनमुनि राखेका छन्। खाइनसकेको अन्न वर्षौँसम्म माटामुनिको माटामुनि नै रहन्छ । उनापानीको गुसामा अनाजलाई जमिनमुनि गाडेर राख्ने चलन बर्सौँ पहिलेदेखि चल्दै आएको छ। घरभित्र भण्डार गर्ने ठाउँ नहुँदा गाउँलेले जङ्गलको छेउछाउ, देवी देवताका थान र घर वरिपरि खाल्डाहरू खनेर अनाज राख्ने गरेका छन्।

घरमा हुने आगलागी र चोरीबाट बचाउन पनि यो भेगमा जमिनमा अनाज गाडेर राख्ने चलन व्याप्त छ। हामी बाहिर अन्न बिक्री गर्न जाँदैनौ, किन्न कोही आउँदैनन्। दुस्ख गरेर उब्जाएको अन्न त्यसै खेर फाल्न पनि नसकिने भएकोले बर्सेनि जमिनमै भण्डार गरेर राख्न बाध्य छौँ,’’ वर्षभरि खाएर बचेको ५र६ क्विन्टल अनाज जमिनमुनि भण्डार गरेर राखेकी गुसाकै यान्जी थापाले भनिन्।

घरमा राख्ने ठाउँ र साधन नभएकाले जमिनमा अनाज गाड्न बाध्य गाउँलेले एउटै खाडलमा ४र५ क्विन्टलसम्म अनाज राखेका हुन्छन्। नकुहियोस् भनेर पनि खाल्डो खनेर जमिनमा अनाज राखिन्छ। किरा र चिसोबाट जोगाउनका लागि भुसपात बेरेर खाडलभित्र अनाज भण्डारण गर्ने गरिन्छ। चिनो, फापर, कोदो, गहुँ र सिमीलाई भोजपत्रले मोडेर अलग अलग खाल्डामा राखिन्छ।ईश्वरमा धेरै विश्वास गर्ने स्थानीयहरूले विशेषगरी मन्दिर वरपर खाल्डा खनेर अनाज राख्ने गर्छन्।

देउताको थान ९मन्दिर० नजिक अनाज राख्दा चोरी नहुने र नकुहिने विश्वास पनि उनीहरूको छ। सडक नहुँदा ढुवानीको समस्याले गर्दा उनापानीबासीले आफूले उत्पादन गरेको आधा अनाज आफैँ खपत गर्ने र आधा अनाज खाडलमा राख्ने गरेका छन्। प्रत्येकले आफ्नो अनाजको खाडल चिन्नका लागि सङ्केत राखेका हुन्छन्।

ती सङ्केतको आधारमा गाउँलेले खाल्डो पहिचान गर्ने गर्छन्। उनापानी गाउँका तीन सयभन्दा बढी घरधुरीले देउताको थान वरिपरि खाडल खनेर अनाजका साथै मह, स्याउ, आलु, चोतो र ओखर राखेका छन्।

बीबीसी नेपालीबाट