१ कार्तिक २०८३, आइतबार

टोरन्टोमा छानियो शेर्पाको कथा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ ।

‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा बनेको वृत्तचित्र ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ ।

महोत्सवद्वारा सार्वजनिक गरिएको सूचीमा वृत्तचित्रतर्फ छनोट भएको ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ मा सगरमाथा आरोहण गर्नेको कथासँगै जीवनी देखाइएको निर्देशक लुसी वाकरले बताइन् ।

टोरन्टोको ४८औँ संस्करण आउँदो भदौ २१ देखि ३१ गतेसम्म क्यानडामा आयोजना गरिने तय भएको छ ।