१ कार्तिक २०८३, आइतबार

नाइजर राष्ट्रपतिलाई तत्काल रिहा गर्न राष्ट्रसंघको आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनेभा, १२ साउन । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुन : स्थापित गर्नुपर्ने संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।

बाजुमलाई बुधबार नियामीमा उनका राष्ट्रपति गार्डका सदस्यहरूले बन्दी बनाएका थिए, जसले केही घण्टापछि समस्याग्रस्त पश्चिम अफ्रिकी राष्ट्रका ‘सबै संस्थाहरू’ निलम्बन गर्ने, सीमाहरू बन्द गर्ने र रातको समयमा कर्फ्यु लगाउने घोषणा गरेका थिए ।

“नाइजरमा सैन्य कब्जाको प्रयासबाट म स्तब्ध र व्यथित छु र यसको कडा शब्दमा भत्र्सना गर्दछु । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले भने, “संवैधानिक व्यवस्था र विधिको शासन बहालीका लागि सबै प्रयास गर्नुपर्छ ।”

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल र बिनाशर्त रिहा गरिनुपर्छ र उहाँको सुरक्षा सुनिश्चित गरिनुपर्छ । उहाँको सरकारका सदस्यहरू र उनीहरूका नातेदारहरूलाई स्वेच्छाचारी रूपमा हिरासतमा राखिएको र उनीहरूलाई पनि बिना कुनै पूर्वशर्त तत्काल रिहा गरिनुपर्छ ।”

उनले भनेका छन्, “म सबै पक्षलाई हिंसाबाट टाढा रहन र सबैको अधिकार र मौलिक स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दछु । हालैका वर्षहरूमा प्राप्त महत्वपूर्ण लोकतान्त्रिक उपलब्धिहरूको रक्षा र संरक्षण गरिएको छ । यो नाइजरका सबै जनताको हितमा छ । भूपरिवेष्ठित साहेल राज्य विश्वको सबैभन्दा गरिब र अस्थिर देशहरूमध्ये एक हो । सिन्ह्वा