६ कार्तिक २०८३, शुक्रबार

सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न राज्यले सहयोग गर्छ: अर्थमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केही कर्मचारीलाई निलम्बन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताएका हुन् ।

उनले सुन प्रकरणमा मेशिन वा मानवीय कमजोरी हो भन्ने छानबिन समितिले पत्ता लगाउने दाबी गरे । मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको पनि बताए ।

उनले अपराध गर्ने व्यक्तिहरूले नयाँ नयाँ प्रविधिहरू प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरूलाई पनि समयानुकुल परिवर्तन गर्दै जानुपर्ने धारणा राखे ।

उनले विमानस्थलमा रहेका राज्यका विभिन्न निकायसँग छलफल गर्दै सुधारका बिषयमा पनि छलफल भएको बताए राज्यका सबैको समन्वयकारी भूमिकाले नै बिमानस्थलमा हुने गैर कानूनी गतिविधिहरु कम भएर जाने महतले बताए ।

अर्थमन्त्री महतले विमानस्थलको आगमन, प्रस्थान र भन्सार क्षेत्रको अवस्थाबारे निरीक्षण गरेका हुन् । सुन प्रकरणपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भन्सार क्षेत्रको निरीक्षण गरेका थिए ।