२ कार्तिक २०८३, सोमबार

घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट रु एक लाख घुस लिई सकेको अवस्थामा आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार सिंहमाथि अनुसन्धान भइरहेको छ ।