
काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले भ्रष्टाचारका बिषयमा सरकारले अनुसन्धान गरिरहेकामा टाउको दुखाउन जरूरी नरहेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले यसअघि दिउँसै रात पार्न खोजिएको तर अहिले अनुसन्धान अघि बढाउँदा विरोधका स्वर सुनिन थालेको बताएका हुन् ।
पौडेलले भ्रष्टाचारको अनुसन्धान गर्दा कसैको पनि अनुहार हेर्न जरुरी नभएको र सरकार अघि बढ्न सबैले साथ दिनुपर्ने बताए ।
पौडेलले भ्रष्टाचार प्रकरणलाई अघि बढाएकोमा सरकारलाई धन्यवाद समेत दिए ।















प्रतिक्रिया