
काठमाडौं, ९ साउन । अविरल बर्षाका कारणले दाङको लमही नगरपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिकामा १६ घर डुबानमा परेका छन् भने एक घर भत्किएको छ ।
घरहरू डुबानमा परेको खबर पाउना साथ पुगेको प्रहरीले नागरीकहरूको उद्दार गरेर सुरक्षित स्थानमा सारेको छ । राजपुर गाँउपालिका–२ की पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी खहरे खोलाहरूमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । पालिकाको सहयोगमा डोजरको प्रयोग गरेर बाढी सँगै आएको पहिरो तथा लेदो हटाउने काम सुरू भएको प्रहरीले जनाएको छ ।
त्यस्तै तुलसीपुर देखि घोराही आउँदै गरेको स्कारपीयो तुलसीपुर १४ मा पर्ने स्थानीय खोलामा आएको बाढीले बगाएको छ । गाडीमा चालक मात्रै रहेको र चालकको उद्दार गरिएको प्रहरी जनाएको छ ।
लगातारको वर्षाले राप्ती नदी र ववै नदीमा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङले बिहानै नदी तटका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो ।















प्रतिक्रिया