
धनगढी, ९ साउन । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने तय भएलगत्तै आज मन्त्रीको सपथ लिन गएका दुईजना सांसदलाई नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा फिर्ता बोलाएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई नाउपाले अन्तिममा फिर्ता बोलाएको हो ।
नाउपाकी अध्यक्ष रञ्जिता चौधरीले अन्तिममा पार्टीभित्र विवाद भएको भन्दै उनीहरूलाई फिर्ता बोलाएकी हुन् ।
उनले मुख्यमन्त्रीलाई पत्र लेख्दै मन्त्रालयमा भागबण्डा नमिलेकाले सरकारका सहभागी हुन नसक्ने भन्दै पत्रसमेत पठाएकी छिन् । जसले गर्दा सुदूरपश्चिम सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने देखिएको छ ।
















प्रतिक्रिया