
काठमाडौं, ९ साउन । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता भएको छ ।
तीन दिने नेपाल भ्रमण सकेर प्रतिनिधिमण्डल स्वदेश फिर्ता भएको हो ।
माओवादी केन्द्रको निमन्त्रणमा नेपालका आएको जियाजुन नेतृत्वको टोलीले राष्ट्रपतिसहित उच्चस्तरीय भेटघाट गरेको थियो । आज बिहान मात्रै टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।
यस्तै, इटालीको रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि जियाजुनले आइतबार कुराकानी गरेका थिए ।















प्रतिक्रिया