
काठमाडौं, ९ साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाउँदै उजुरी दर्ता गरिएको थियो ।
तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्षसमेत रहेका खानविरुद्ध त्यहाँको निर्वाचन आयोगले अवहेलना मुद्दामा गैरजमानती वारेन्ट जारी गरेको हो। उनलाई आजै पक्राउ गर्न निर्देशन दिइएको छ ।
गत वर्ष अप्रिलमा विश्वासको मत नपाएपछि खान प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए। उनीविरुद्ध आतंकवादसहित १५० बढी मुद्दा लगाइएको थियो। सोमबार पाकिस्तानको सर्वोच्च अदालतले अर्को एक मुद्दामा उनलाई जमानत दिएको थियो।
निर्वाचन आयोगले पहिलेको सूचना र जमानती वारेन्टलाई अवहेलना गरी उपस्थित नभएको आरोप लगाएको छ। प्रहरीले उनलाई आजै पक्राउ गर्ने तयारी गरिरहेको छ ।















प्रतिक्रिया