६ कार्तिक २०८३, शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्तिविरूद्वको रिट तीनजना न्यायाधीसको पूर्ण इजलासमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्तिविरूद्व सर्वोच्च अदालतमा परेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाई हुँदैछ ।

यसअघि हिजो रिटलाई पूर्ण इजलासमा सुनुवाई गर्न आदेश गर्दै सुनुवाई स्थगित भएको थियो ।

आज न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको हो ।

मुख्यमन्त्री नियुक्तिमा सभामुख बाबुराम गौतमलेसमेत हस्ताक्षर गरेपछि सरकार गठन असंवैधानिक रहेको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।