६ कार्तिक २०८३, शुक्रबार

विद्यालय खाजा कार्यक्रममा पछिल्लो पाँच बर्षमा चार गुणा बजेट बढाइएको छ: प्रधानमन्त्री

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखिएकाले पछिल्लो पाँच बर्षमा चार गुणा बजेट बढाएको बताएका छन् ।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय खाजा कार्यक्रममार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउँदै लगिएको जानकारी दिएका हुन् ।

उनले यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको क्षमतालाई पनि सुदृढ गर्दै निरन्तर रूपमा उक्त कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने धारणा राखे ।

प्रचण्डले खाद्य प्रणाली रूपान्तरणका लागि रणनीतिक योजना बनाएको जानकारी गराए ।