६ कार्तिक २०८३, शुक्रबार

दोषी र अपराधीलाई छोड्ने काम हुँदैन: गृहमन्त्री श्रेष्ठ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले तथ्य, प्रमाणको आधारमा दोषीलाई कारबाही गरेरै छोड्ने बताएका हुन् । निर्दोष नफसुन् र दोषीहरू छुट्ने काम नहुन् भनेर प्रहरीलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उनले बताए ।

‘अनुसन्धानले तथ्य, प्रमाणको आधारमा जहाँसम्म जानपर्ने गरी दोषीलाई फेला पार्न अघि बढ्छ। दोषी र अपराधीलाई छोड्ने काम हुँदैन। निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीहरू छुट्ने काम नहुन् । त्यो दृष्टिकोणको आधारमा प्रहरीलाई स्वतन्त्र र निष्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाउन निर्देशन छ। त्यसको आधारमा प्रहरीले यो प्रक्रिया अघि बढाइरहेको छ,’ उनले भने ।

राजनीतिक क्षेत्रका व्यक्तिहरू दोषी देखिएर नियन्त्रणमा लिँदा राजनीतिक दलहरू नै विरोधमा उत्रिएकामा उनले आश्चार्य प्रकट गरे ।

‘यहाँ त अचम्म, नहुनु पनि किन त्यसलाई म स्वभाविक मान्छु। अलिकति राजनीतिक क्षेत्रका नेताहरू दोषी, अपराधी देखिए कारबाहीको लागि नियन्त्रणमा लिएर मुद्दा चलाइयो भने पार्टीका नेताहरू यो त भएन नि भन्न थाल्छन् । द्योग व्यवसायी परे भने हामीले त कर तिरेका छौँ, राज्य चलाउन सहज बनाएका छौँ, हामीलाई पनि गर्ने ? भनेर आवाज उठाउँछन्। कर्मचारी परे, कर्मचारीलाई कहाँ कारबाही गर्न पाइन्छ भन्छन्, अनि कसलाई गर्ने, त्यही शक्ति नभएकालाई कारबाही गर्ने ?’ उनले भने ।