२ कार्तिक २०८३, सोमबार

आइतबार घट्यो सुनको मूल्य

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ।