२ कार्तिक २०८३, सोमबार

सुनचाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

आज सुनको मूल्य हालसम्मकै महंगो मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीले पनि ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।

चाँदी हालसम्मकै महँगो मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।