२८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ४ साउन । राष्ट्रिय सभा बैठक आज बिहीबार बस्दैछ । दिउँसो १ः०१ बजे बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ ।

गत ३१ असारमा बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको बैठक आजको लागि बोलाइएको हो ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।