
काठमाडौं, ३ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर सार्वजनिक गर्ने भएको छ ।
शेयर सार्वजनिक गर्न कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० रुपैयाँको दरमा ४६ लाख, ७२ हजार ९.५४५ कित्ता शेयर बराबरको थप सार्वजनिक निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता—पत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पूँजी १,००,००,००,०००, जारी पूँजी ९१,५४,५५,४६३ र चुक्ता पूँजी ९१,०७,८२,५०८।५० रहेको छ ।
उक्त वित्तिय संस्थामा १,७१,००० भन्दा बढी सदस्यहरु लाई सेवा दिँदै आईरहेको छ र १९२ वटा शाखा कार्यलयहरुबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया