
काठमाडौं, ३ साउन । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेर एक लाख १३ हजार १ सयले रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया