२८ कार्तिक २०८३, शनिबार

कमल थापा भन्छन्ः नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्ने बताएका छन् ।

हिंसा र अपराधलाई उन्मुक्ति दिने गरी सरकारले संसदमा पेश गरेको विधेयक कानुन बनेमा नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्ने उनले बताएका छन् ।

थापाले विधेयकले राजनीतिक प्रणालीसँग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर, हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएको उल्लेख गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले भनेका छन्ः

हिंसा र अपराधलाई उन्मुक्ति दिनेगरी सरकारले संसदमा पेश गरेको विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ।विधेयकले राजनीतिक प्रणालीसंग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर,हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएकोछ।
के गणतन्त्र भनेको यही हो?