
काठमाडौं, ३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् ।
गएराति कम्बोडिया प्रस्थान गर्नु अघि अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएका हुन् । अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् । उनी आगामी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल र सुरक्षाकर्मी सहभागी छन् ।











प्रतिक्रिया