२८ कार्तिक २०८३, शनिबार

राप्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३ साउन । मकवानपुरको हेटौंडा स्थित राप्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो हेटौंडा-१० स्थित राप्ती पुल नजिकै राप्ती खोलामा डुबेर अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम, थर, वतन नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको वर्ण गहुँ गोरो, उचाई ५ फिट ५ ईन्च, पातलो शरिर, मंगोलियन जाति जस्तो देखिने, कालो छोटो कपाल भएको, आकाशे र पहेलो रंगको अन्डवेयर लगाएको हुलिया रहेको प्रहरीले जनाएको छ ।