
काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४७ रुपैयाँ ३४ पैसा र बिक्री दर १४८ रुपैयाँ ०१ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया