योगेश भट्टराईको नेतृत्वमा एमालेको अभियान प्रचार समिति गठनकाठमाडौँ, १६ जेठ । भूकम्प प्रभावित क्षेत्रमा श्रमदानका लागि नेकपा (एमाले)द्वारा सञ्चालित राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानअन्तर्गत पार्टी केन्द्रीय प्रचार विभागले ११ सदस्यीय अभियान प्रचार समिति गठन गरेको छ ।
समितिमा विभागका प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा तथा सदस्यमा राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, प्रमोद दाहाल, विष्णु रिजाल, माधव नेपाल, श्रीधर आचार्य र सुवास खतिवडा रहनुभएको विभागका उपप्रमुख थापाले जानकारी दिनुभयो ।
देशका २५ जिल्लाका ७२ निर्वाचन क्षेत्रमा एमालेको अभियान चलिरहेको छ । सो क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभियानका संयोजक गोकर्ण विष्टले काठमाडौँ– ४ चुन्नीखेलमा भइरहेको निर्माण/पुनःनिर्माण कार्यको शुक्रबार अनुगमन गर्नुभयो ।
पोलिटब्युरो सदस्य थममाया थापाको नेतृत्वमा अखिल नेपाल महिला सङ्घका स्वयम्सेवक तथा केन्द्रीय सदस्य डा राजन भट्टराईको संयोजनमा भूगोलका स्वयम्सेवक सम्मिलित उक्त क्षेत्रमा व्यापक सक्रियता र उत्साहका साथ धराप भत्काउने, उद्धार गर्ने र अस्थायी घर बनाउने काम भएको छ ।
यस्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल काष्ठमण्डप र वसन्तपुर दरबार क्षेत्रमा स्वयम्सेवामा जुट्नुभयो ।
















प्रतिक्रिया