२८ कार्तिक २०८३, शनिबार

हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय अनुपयुक्तः कमल थापा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय अनुपयुक्त भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले सडकको पहुँच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महंगो रहेको र त्यसमाथी यो करको भार थप्नु कदापि ठिक नभएको उल्लेख गरेका छन् । थापाले उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् ।