
काठमाडौं, १ साउन । अर्जेन्टिी स्टार फुटबलर लियोनल मेस्सी आधिकारी रूपमै अमेरिकन क्लब इन्टर मियामीमा आवद्व भएका छन् ।
मियामी र मेस्सीबीच यसअघि नै २०२५ सम्मको सम्झौता भइसकेपनि आइतबार आयोजित भव्य कार्यक्रममा सार्वजनिक हुँदै औपचारिक रूपमा मियामी क्लबबाट सार्वजनिक भएका हुन् ।
डीभीआर पीएनके स्टेडियममा आयोजित कार्यक्रममा मेस्सीालाई हेर्न २० हजार दर्शक उपस्थित भएका थिए । मुसलधारे वर्षा र चट्याङको वेवास्ता गर्दै उनीहरू मेस्सीको झल्को पाउन बसेका थिए ।
सात पटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका ३५ वर्षका मेस्सीले पहिलो पल्ट युरोप बाहिर खेल्ने निर्णय गरेका हुन् ।















प्रतिक्रिया