२ कार्तिक २०८३, सोमबार

ट्वीटरको कमाइ आधाले घट्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । ट्वीटरको कमाई घटेको छ । एलन मस्कले ट्वीटर किनेपछि कमाइमा आधा गिरावट आएको हो ।

यो कुरा स्वयं मस्कले स्वीकारेका छन् । मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् ।

एक ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट आएको बताउँदै भनेका छन्, ‘हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ ।’

उनले थप केही काम गर्नका लागि पहिले नगद प्रवाहलाई सकारात्मक बनाउनुपर्ने बताएका छन् ।

मस्कले ट्वीटर किनेपछि कर्मचारी कटौती गर्ने, भेरिफाइड अकाउन्ट भनेर चिनिने निलो टिक मार्क पैसा तिरेपछि मात्रै पाउने लगायतका निर्णयहरु गरेर विवादित बन्दै आएका छन् ।