
मकवानपुर, १ साउन । मकवानपुरको बकैया गाउँपालिकामा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमान घाइते भएका छन् ।
आइतबार राति बकैया-३ जलजलेकी ४० वर्षीया सितल थिङले ५६ वर्षीय श्रीमान भरत थिङमाथि बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै घरमा सामान्य झगडा हुँदा सितलले श्रीमानको टाउकोमा बन्चरो प्रहार गर्दा भरतको टाउको र ढाडमा चोट लागेको छ । भरतको अवस्था मध्यम रहेको र उपचारको लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया