२८ कार्तिक २०८३, शनिबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज सोमबार दिउँसो बस्ने भएको छ । भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको निधन पछि बैठक स्थगित गरिएको थियो ।

अघिल्लो वर्ष साउनमा बैठक बसे पछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको छैनन् । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समितिको बैठक भोलि मंगलबारका लागि बोलाइएको छ ।

बैठकमा पार्टीको आगामी कार्ययोजना तथा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।