
मकवानपुर, १ साउन । मकवानवपुरको बागमती गाउँपालिका-१ स्थित बागमती खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ ।
आइतबार बागमती खोला तर्ने क्रममा बगाउँदा बागमती-१ ठूलोगुर्दुङका स्थानीय ४६ वर्षीय लघुदोर्जे दोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाले बगाएर बीच भागमा ढुंगामा अड्किएको अवस्थामा दोङको शव निकालिएको र पोस्टमार्टमका लागि हेटौंडा स्थित हेटौंडा अस्पाल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











प्रतिक्रिया