
काठमाडौं, ३१ असार । नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।
ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा पाँच बजे सुरु हुनेछ ।
यसअघि भएको पहिलो खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेका थिए ।
गत वर्ष काठमाडौंमा भएको साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल र बंगलादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बंगलादेशसँग फाइनलमा ३–१ ले पराजित भएको थियो ।















प्रतिक्रिया