१ कार्तिक २०८३, शनिबार

मेस्सीलाई पछि पार्दै रोनाल्डोले बनाए नयाँ विश्व कीर्तिमान

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । लियोनेल मेस्सीलाई पछाडि पार्दै क्रिस्टियानो रोनाल्डो नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

रोनाल्डो मेस्सीलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका हुन् । फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा पुगेको सन् २०१७ पछि यो पहिलो पटक हो ।

सन् २०२३ मा सर्वाधिक कमाई गर्ने खेलाडीको रूपमा उनले गिनिज वर्ल्ड रेकर्ड बनाएका हुन् ।

साउदी क्लब अल नासर पुगेका रोनाल्डोले १३.६ करोड डलर आम्दानी गरेका छन् । रोनाल्डोले मैदान र मैदानबाहिर गरेर यो रकम कमाएका हुन् ।