२८ कार्तिक २०८३, शनिबार

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३० असार । लुम्बिनी प्रदेश सभाको बैठक आज शनिबार बस्ने भएको छ ।

गत असार २० गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएसँगै स्थगित प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनका अनुसार दोस्रो अधिवेशनको उन्नाइसौं बैठक आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

आजको बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले बताए ।

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गरेको थियो । प्रदेश सभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेश सभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ ।