
काठमाडौं, २९ असार । साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया