२८ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगरद्वारा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको लागि आवेदन खुला

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । काठमाण्डौ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जिओभी डट एनपी मा आवेदन पेस गर्नुपर्नेछ ।

विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ ।