
काठमाडौं, २७ असार । विश्वका श्रमिकहरूको अन्तर्राष्ट्रिय केन्द्र डब्लूएफटीयूको ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिसेस एण्ड एलायन्सले जेनीन प्यालेस्टीनी जनतासँग ऐक्यबद्धता जनाएको छ ।
एलायन्सका निर्देशक समिति संयोजक भोलानाथ पोखरेलले इजरायल सरकारले प्यालेस्टीनी जेनीन शरणार्थी शिविरमा ड्रोन, हेलिकोप्टर र बुल्डोजर प्रयोग गरी प्यालेस्टीनीमाथि हमला गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
संयोजक पोखरेलले एक विज्ञप्ति जारी गर्दै अमानविय क्रुर हमलाबाट ९ जना प्यालेस्टीनीहरु मारिनुको साथै सयौं घाइते भएको र आक्रमण निरन्तर भइरहेको भन्दै घटनाको निन्दा गरेका छन् । ‘इजरायली कब्जा निरन्तर नरसंहार, जातीय सफाय रंगभेद शासन, हत्या, आतंक जस्ता आरोपमा गरिएको प्यालेस्टीनीहरुको हत्या, गिरफतार जस्ता मानवता विरुद्धको अपराधको हामी कडा रुपले निन्दा र भत्सर्ना गर्दछौ ।’, विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका, नेटो र तिनीहरुका समर्थकहरुलाई यस्ता कायर अपराधपुर्ण अमानवीय दमन र आक्रमणहरुको निन्दा गर्दछौ । साथै सम्पुर्ण वर्गउन्मुख श्रमिक तथा विश्व समुदायलाई उनीहरुको प्रकारको निकृष्ट कार्यको निन्दा गर्न डब्लूएफटीयू प्यालेस्टीनी जनता सँगसँगै साम्रज्यवाद, औपनिवेशिक, रंगभेद, कब्जा विरुद्धको आन्दोलनमा एकबद्धता प्रकट गर्दछौ ।’
डब्लूएफटीयू विश्वका १४२ देशका ३० करोड सेवा क्षेत्रका श्रमिकहरुको अन्तर्राष्ट्रिय छाता संगठन हो । विश्व मानव अधिकार, श्रमिक हित सामाजिक संवाद, सामाजिक सुरक्षाको सवालमा वर्ग आधारीत ट्रेड यूनियन आन्दोलनको अगुवाई गर्ने संस्था हो ।











प्रतिक्रिया