२ कार्तिक २०८३, सोमबार

कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चन्द्रौटा, २७ असार । कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका–१ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो ।  मृत्यु हुनेमा वर्ष वर्षीय दीपक भुसाल र नौ वर्षीय प्रदीप भुसाल रहेका छन् । दुवै पारिजात बोर्डिङ स्कूल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए ।

राति मृतक दाजुभाइ हजुरआमासँगै भुइँमा बिस्तारा लगाएर सुतेका थिए । बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याइएको थियो ।  उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो । सर्पले टोकेको भन्ने थाहा नहुँदा घर नजिकै रहेको सर्पदंश उपचार केन्द्रमा नलगी बुटवल लगेको स्थानीय पशुपति शर्माले बताए ।

अस्पतालको रिपोर्टमा सर्पदंशका कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा मानिसको मृत्यु भइरहेकाले यसमा सबै सचेत हुनुपर्ने भण्डारीले बताए ।