
काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर लाम्जुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको दुर्घटनास्थलमा उद्दारका लागि पुगेका प्रहरीले जानकारी दिएका छन् ।
हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेकाले यात्रुहरूलाई जीवितै उद्दार गर्ने सम्भावना न्यून रहेको बताइएको छ । हेलिकप्टरमा नेपाली पाइटल सीबी गुरूङसहित ६ जना यात्रु सवार थिए ।
अन्य पाँचजना रसियन नागरिक सवार थिए ।















प्रतिक्रिया