३० आश्विन २०८३, शुक्रबार

एक वर्षभित्रै माथिल्लो मादीबाट २५ मेघावाट विद्युत आपूर्ति हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdiपोखरा, १५ जेठ । कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम एक वर्षभित्र सकिने भएको छ ।

मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सन् २०१६ को मे महिनाभित्र काम सम्पन्न हुने आयोजनाका संयोजक रामराज कोइरालाले जानकारी दिनुभयो । वैशाख महिनाको अन्तिमसम्म तीन हजार ७०० मिटर सुरुङ खन्ने काम सकिएको छ । अब करिब ५०० मिटरमात्रै सुरुङ खन्न बाँकी छ ।

विद्युत् गृह, सुरुङलगायतका काम एक वर्षभित्र सकेर विद्युत् वितरण गरिने उहाँले बताउनुभयो । अनुमानित लागत रु पाँच अर्ब २८ करोडबराबरको रकम स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ उक्त आयोजना पूरा गरिने बताइएको छ । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा विसं २०६९ को पुस महिनाबाट निर्माण कार्य सुरु गरिएको थियो ।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ब्युरो–१० चेन्डुलाई निर्माणको जिम्मा दिइएको छ । बाँधको आवश्यक संरचना तयार गरी चार हजार २०० मिटर लामो सुरुङ निर्माण गरी सिल्दुजुरे– ९ डाँडाबारीमा पानी खसालिनेछ । आयोजना निर्माणबाट यस क्षेत्रका ५० हजार बासिन्दा लाभान्वित हुनेछन् । रासस