
बारा, २६ असार । बाराको पचरौता नगरपालिकाले आजबाट नगरपालिकाले दिने सम्पूर्ण सेवा ठप्प पार्ने भएको छ ।
असार १० गते नगरपालिकाको कार्यालयमा भएको तोडफोड र कर्मचारीमाथी दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाही गर्न प्रहरीले चासो नदेखाएको भन्दै नगरपालिकाले सेवा बन्द गर्न लागेको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले एक विज्ञप्ति जारी गर्दै कार्यालयमा काम गर्ने वातावरण नभएका कारण सेवा बन्द गर्न लागिएको जनाएका छन् ।
नगरपालिकाको कार्यालयमा गत असार १० गते केही व्यक्तिहरुले कर्मचारीमाथि दुर्व्यवहार गरेको र कम्प्युटर तथा प्रिन्टर तोडफोड गरेको मिश्रले विज्ञप्तिमा उल्लेख गरेका छन् । उक्त घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएपनि सुनुवाई नभएको प्रमुख प्रशासकीय अधिकृत मिश्रको आरोप छ ।













प्रतिक्रिया