
काठमाडौं, २६ असार । यहि असार २७ गते देखि साउन १ गतेसम्म थाइल्याण्डको पटैयामा सञ्चालन हुन लागको २४औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजन गरिसकेको छ।
एसियन एथलेटिक्स च्याम्पियनसिपमा २४औँ संस्करणको लागि नेपालबाट विभिन्न विधाहरुमा सहभागि जनाउनको लागि आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोम बहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीले सहभागि जनाउने छन् ।
उक्त एथलेटिक्समा सहभागि खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा विभिन्न पदकहरु हाँसिल गरी सकेका छन् । एसियन एथलेटिक्सले हरेक २ वर्षमा आयोजना गर्ने एसियन च्याम्पियनसिपमा अघिल्लो पटक चीनमा हुने भनिए पनि कोभिड–१९ को कारण रद्द भएको थियो ।
प्रतियोगितामा एसियाका विभिन्न ३७ देशका खेलाडीहरुले सहभागि जनाउने छन् । जसमा नेपालका तर्फबाट आयुष कुँवर र शिवराज पारकीले एसियन एथलेटिक्समा १०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागि हुनेछन, जसमा आयुष कुवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन् भने शिवराज पारकी हालैको नेशनल च्पाम्पियन हुन् ।
यसैगरी, एपिएफ क्लबकी फुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मि., सोमबमादुर कुमाल ४०० मिटर देखि ८०० मिटर र दिपक अधिकार १०,००० मिटर दौडमा सहभागि हुने छन् । दिपक अधिकारी एसियन क्रस कन्ट्रिका च्पाम्पियन हुन् ।
काठमाडौंमा भएको एक कार्यक्रमकाबीच नेपाल एथलेटिक्स एसोसियशनका तर्फबाट सचिव आर.क. विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिबका भि.पि. निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका थिए ।















प्रतिक्रिया