
मकवानपुर, २६ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
सोमबार दिउँसो चितवनबाट हेटौंडा आउँदै गरेको बा.प्र.०३-००३ प ८६५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा सडकको पोलमा ठोक्किँदा मोटरसाइकल चालक रामेछापको रामेछाप नगरपालिका ८ घर भई चितवनको खैरेनी ८ बस्ने ५० वर्षीय नरबहादुर थापाको मृत्यु भएको हो ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया